भारतीय सेनामा कति नेपाली छन् ?

भारतीय सेनामा कति नेपाली छन् ?

  • पौष ४, २०७७ शनिवार
  • १०:०४:१३ बजे
  • 4.7K
    SHARES
  • भारतीय सेनामा कति नेपाली छन् ?

    काठमाडौं : भारतीय सेनामा कार्यरत नेपालीको यकिन तथ्यांक विरलै सार्वजनिक हुन्छ ।

    यो पटक गोर्खा रेजिमेन्ट (जीआर) मा कार्यरत नेपालीको संख्या भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले सार्वजनिक गरेका छन् ।

    सेन्टर फर ल्याण्ड वारफेयर स्टडिज र नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोपरेसन एण्ड एङ्गेजमेन्टद्वारा आयोजित

    भर्चुअल कन्फरेन्समा प्रमुख वक्ता रहेका जनरल रावतका अनुसार गोर्खा रेजिमेन्ट हाल ३२ हजार नेपाली कार्यरत छन् ।

    भारतीय सेनामा ७ जीआर अन्तर्गतका ३६ बटालियन छन् । ७ जीआरमध्ये एउटा सन् १९४७ पछि थपिएको हो । त्यसअघि गठन भएका १० जीआरमध्ये ४ वटा १९४७ मा भागबण्डा गरेर अंग्रेजले लगेका थिए ।

    भारतमा अंग्रेज शासन रहँदासम्म नेपालीहरु ब्रिटिस भारतीय गोर्खा रेजिमेन्टमा सेवा गर्थे । अहिले भारतीय गोर्खा र ब्रिटिस गोर्खाका रुपमा कार्यरत छ ।  नेपालीहरूको संख्या हो ।

    ब्रिटिस गोर्खामा अहिले करिब तीनहजार गोर्खा छन् । ब्रिटिस भारतीय गोर्खा रेजिमेन्टको सुरुवाता नेपाल–अंग्रेज युद्व चलिरहकै बेला सन् १८१५ मा भएको मानिन्छ ।

  • सम्बन्धित विषय:

  • # भारतीय सेना
  • # नेपाली

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार