बडिगाड घटना

बडिगाड झडपमा मृत्यु भएका प्रकाश कुँवर र दीपक दमाईको अन्त्येष्टि

बडिगाड झडपमा मृत्यु भएका प्रकाश कुँवर र दीपक दमाईको अन्त्येष्टि

  • चैत्र १८, २०७७ बुधवार
  • १६:०१:१६ बजे
  • 29.7K
    SHARES
  • बडिगाड झडपमा मृत्यु भएका प्रकाश कुँवर र दीपक दमाईको अन्त्येष्टि

    बागलुङ :गत चैत्र १५ गते होली खेल्ने क्रममा ज्यान गुमाएका निसीखोला गाउँपालिका ७ का दुई युवाको बुधबार अन्त्येष्टि गरिएको छ । होली खेल्ने क्रममा भएको सामान्य विवादबाट सुरु भएको घटनामा ज्यान गुमाएका नेपाली काँग्रेस जिल्ला

    सदस्य प्रकाश कुवँर र नेपाली काँग्रेसका क्रियाशील सदस्य दीपक परियारको शव चार दिनपछि दाहासँस्कार गरीएको हो । घटनामा संलग्न दोषीहरु प्रहरीले पक्राउ गर्न थालेपछि दोषि पत्ता लाग्ने आशामा आफुहरुले शव दाहासँस्कार गएिको पारिवारीक श्रोतले जनाएको छ ।

    नेपाली काँग्रेसद्धारा आयोजित शोक सभा कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य वद्रि पाण्डेले बोल्दै आफ्ना नेता कार्यक्रता माथि राजनैतिक पुर्वाग्रह राखि यस्तो घटना भएको बताए । केहि कम्युनिष्ट नामधारीले जनतालाई सहज रुपले बाँच्न नदिएको आरोप

    लगाउँदै सरकारले तत्काल दोषिलाई प्रकाउ गरी कानुनी दायरामा ल्याउन माग गरे । कार्यक्रममा जिल्ला सभापती दिपेन्द्र बहादुर थापाले बोल्दै प्रकाश कुवँर र दीपक परियारले पार्टीमा खेलेको भूमिका अमूल्य रहेको बताए ।

    कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य रुपा वि.क, नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्ण कुमार कुवँर लगाएतले बोल्दै हत्यामा संलग्न दोषिलाई प्रशासनले कुनै हालतमा खोजी गरी कानुनी दायरामा ल्याउनु पर्ने बताए ।प्रहरीले हालसम्म ७ जनालाई प्रकाउ गरीसकेका

    कारण चाँडै पीडितले न्याय पाउने बताए । नेता कुवँरले प्रकाश कुवँर र दीपक नेपालीले पार्टीमा आवद्ध रहेर खेलेको भुमिकाको प्रशंसा गरे ।  नेपाली काँग्रेस जिल्ला कार्यसमिति पदाधिकारी, महादिवेशन प्रतिनिधी, क्षेत्रीय समिति पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # अन्त्येष्टि
  • # प्रकाश कुवँर
  • # बडिगाड झडप

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार