बडिगाड घटना

बडिगाड झडपमा मृत्यु भएकाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइयो

बडिगाड झडपमा मृत्यु भएकाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइयो

  • चैत्र १६, २०७७ सोमवार
  • ०७:५२:१६ बजे
  • 9.6K
    SHARES
  • बडिगाड झडपमा मृत्यु भएकाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइयो
    झडपमा परि मृत्यु भएका प्रकाश कुँवर

    बागलुङ : निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा मृत्यु भएका २ जनाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइएको छ ।

    होली खेल्ने क्रममा विवाद हुँदा बडिगाड गाउँपालिका वडा नम्बर १० का युवाहरुको कुटपिटबाट र निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।

    घटनाको मुचुल्का उठाई दुवै जनाको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

    ती दुई जनाको शव गोरेटो बाटो भन्दा करिब २ सय मिटर तल फेला परेको हवारीको भनाई छ । घटनाको बारेमा अनुसन्धान भई रहेको उनको भनाई छ ।

    अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट टोली गएको र नजिकमा रहेका चौकीबाट पनि प्रहरीहरु खटिएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # झडप
  • # बडिगाड झडप

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार