प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

  • भाद्र ४, २०७८ शुक्रवार
  • १७:२०:०६ बजे
  • 3.0K
    SHARES
  • प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

    धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकामा  प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो ।

    झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

     


    नगर शिक्षा समितिले गरेको दरबन्दी मिलानप्रति असहमति जनाउँदै नेपाली कांग्रेस निकट शिक्षक संघले भीमदत्त नगरपालिकाको मूलगेटमा शुक्रबार तालाबन्दी गरेको थियो ।

    नगरपालिकाको मूलगेटमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

    प्रहरीलाई ताला लगाएर कोठाभित्रै थुनिदिएपछि बल प्रयोग गर्न बाध्य भएको चतुर्वेदीले बताए ।  आन्दोलनरत पक्षले गरेको ढुङ्गामुढाले नगरपालिकाको सभाहल र केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षक
  • # प्रहरी
  • # झडप

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार