एक शिक्षकको यस्तो हर्कत, जसले होटलमा छात्रा लगेर रक्सी पिउँदै परीक्षा गराएपछि...

एक शिक्षकको यस्तो हर्कत, जसले होटलमा छात्रा लगेर रक्सी पिउँदै परीक्षा गराएपछि...

  • पौष २४, २०७७ शुक्रवार
  • १९:२८:३३ बजे
  • 5.5K
    SHARES
  • एक शिक्षकको यस्तो हर्कत, जसले होटलमा छात्रा लगेर रक्सी पिउँदै परीक्षा गराएपछि...

    पोखरा : राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका एक शिक्षकले छात्रालाई होटलमा लगेर रक्सी र मासु खाँदै परीक्षा लिएको रहस्य खुलेको छ ।

    राष्ट्रिय माविका शिक्षक शिरिष कुमार बस्ताकोटीले एक छात्रालाई होटलको एक कोठामा राखेर आफूले रक्सी र मासु खाँदै परीक्षा लिएका हुन् ।

    प्रधानाध्यापक सुर्य तिवारी, सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिष कुमार बस्ताकोटीको मिलेमतोमा यो जघन्य घटना घटाईएको हो ।

    एकसाता अघि देखि भित्रभित्रै यो घटनाका विषयमा विवाद चर्किएपछि प्रधानाध्यापक सूर्य तिवारीले सो छात्राको परीक्षा नै रद्द गर्न राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरामा उजुरी दिएका थिए ।

    विद्यालय भित्र लिनु पर्ने परीक्षा शिक्षक शिरिष कुमार बस्ताकोटीले होटलमा पु¥याएर लिएको घटनामा सो परीक्षाका लागि केन्द्राध्यक्ष समेत रहेका प्रधानाध्यापक तिवारी र सहायक केन्द्राध्यक्ष रेग्मीले पूर्णरुपमा सहयोग गरेको देखिन्छ ।

    शिक्षक शिरिष कुमार बस्ताकोटीले होटलमा लगेर परीक्षा लिएको विद्यालयमा गठित छानबिन समिति अगाडि लिखित रुपमा स्वीकार गरेका छन् ।

    त्यसैगरी सहायक केन्द्राध्यक्ष रेग्मीले लिखित पत्रमा अस्विकार गरेपनि त्यस दिनको टेलिफोन सम्पर्क र ती छात्राको बयानमा रेग्मीको संलग्नता पनि प्रष्ट रुपमा देखिन्छ ।

    घटना भित्रभित्रै दवाउन छात्राका अभिभावकलाई बारम्बार विभिन्न शिक्षकहरुले धम्की दिदैं आईरहेका छन् । कक्षा ११ की ती छात्राले

    अंग्रेजी र शिक्षा तर्फको शैक्षणिक विधि विषयको आंशिक परीक्षा पोखरा वडा नम्बर ३२, खोलाको छेउस्थित एक होटलको रुममा बसेर साँझ अबेरसम्म दिएकी थिईन् ।

    यसरी एक छात्रालाई होटलको कोठामा लगेर परीक्षा लिने शिक्षक शिरिष कुमार बस्ताकोटी, यसको लागि आवश्यक तयारी मिलाई

    दिने प्रधानाध्यापक सूर्य तिवारी र सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीमाथि कस्तो कारवाही हुन्छ, त्यो भने हेर्न नै बाँकी छ ।डनन्यूजबाट

  • सम्बन्धित विषय:

  • # शिक्षक
  • # परीक्षा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार