काठमाडाैँ : कक्षा १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले जेठ २६ गतेदेखि असार ४
गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डले कक्षा १२ को परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ।
त्यसैगरी जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने वोर्डजे जनाएको छ।