आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

  • माघ १९, २०७७ सोमवार
  • ०९:४१:०६ बजे
  • 3.9K
    SHARES
  • आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

    काठमाडाैँ : सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।  नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

    बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही समस्या नदेखिए आज नतिजा सार्वजनिक गर्ने र त्यसका लागि १० बजे बोर्ड बैठक बोलाइएको जानकारी दिए । बोर्डले कोरोना महामारीका कारण यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।

    विद्यालयहरूले प्राप्ताङ्क पठाउने क्रममा गल्ती गरेपछि नतिजामा ढिलाइ हुँदै आएको थियो । अहिले प्राविधिक सबै कुरा मिलाएर नतिजाको तयारी भएको हो।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय परीक्षा बोर्ड

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार