बागलुङका शिक्षकहरु धर्नामा 

बागलुङका शिक्षकहरु धर्नामा 

  • आषाढ २५, २०७८ शुक्रवार
  • १३:३३:०२ बजे
  • 5.8K
    SHARES
  • बागलुङका शिक्षकहरु धर्नामा 

    बागलुङ :  गत असार १५ गते देखि नै चौथो चरणको आन्दोलनमा उत्रिएका बागलुङका शिक्षकहरु शुक्रबार शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिएका छन ।

     सबै शिक्षक संगठनको साझा संस्थाको रुपमा रहेको नेपाल शिक्षक महासंघले नेतृत्व गरेको आन्दोलनमा शिक्षकहरुको हक हितका लागि विभिन्न माग राख्दै समन्वय ईकाईमा धर्ना दिएका हुन ।

    पछिल्लो समयमा सरकारी तबरबाट शिक्षकहरु हेपिएको भन्दै देशैभरिका शिक्षकहरु आन्दोलित भएको नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समितिका संयोजक उमाकान्त पौडेलले बताए । शुक्रबार शिक्षा विकासमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका थिए । 

     आन्दोलन मार्फत उनीहरुले शिक्षकहरुलाई राष्ट्रसेवक कर्मचारीलाई सरह सेवा सुविधामा समान व्यवहार गर्नुपर्ने, शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड—१९ को खोप तत्काल उपलब्ध गराउनुपर्ने ।,

    शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने जस्ता माग राखेका छन ।  त्यसैगरी तत्कालिन अवस्थामा नेपाल शिक्षक महासंघसँग भएको ३० बुँदे सम्झौता यथासिघ्र पुरा हुनुपर्ने शिक्षकहरुको माग रहेको संयोजक पौडेलले बताए । शिक्षकहरुको आन्दोलनलाई प्रभावकारी बनाउन जिल्लाका दश वटै स्थानीय तहमा आन्दोलन परिचालन समिति गठन गरिएको छ ।

    शिक्षकहरुले आफ्ना माग तुरुन्त सम्बोधन नभएमा पाँचौ चरणको आन्दोलनमा सडकमै आउन बाध्य हुने चेतावनी दिएका छन ।  

     

  • सम्बन्धित विषय:

  • # शिक्षक
  • # धर्ना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार