बागलुङ : बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा २ जनाको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ का युवाहरु बिच विवाद हुँदा दुई जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।
निसीखोला–७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।