मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने योग रहेकोछ ।
वृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । भूमि, वाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फाइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेकोछ ।
मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ । प्रेममा बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।
कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानी जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने छ ।
सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे हतार गर्ने बानीले अनावस्यक विवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला ।
कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । पढाइ लेखाइमा मन जाने छ ।
तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडी बढ्न सकिनेछ भने शत्रुता राख्नेहरू आफै साइड लाग्नेछन् । विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्वन्धी समस्याहरु हल भएर जानेछन् ।
वृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति पत्नी बीच मनमुटाव बढ्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनत गर्नुपर्ला ।
धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुने हुँदा सामाजिक पद प्रतिष्ठा पाइने योग रहेकोछ । अध्ययन अध्यापनमा समय दिए अनुशार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझाबलाई मनन गर्दै अगाडी बढ्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट मनग्गे धन लाभ हुनेछ । प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।
मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी बिभिन्न अवसरहरूको उपयोग गरी यथेष्ट धन तथा सम्पती कमाउन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजबुत हुने हुनाले शाहशिलो काम गर्न सकिने छ । खेलकुद गतिविधिमा अगाडी बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ । साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ ।
कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मनमुटाव सिर्जना हुनेछ । व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानी हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलीले आफैलाई घाटा लाग्न सक्छ ।
मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवश्यकताहरुलाई पूरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउन चाहानेहरुका लागी दिनले साथ दिने हुँदा मीठा मीठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगती हुने तथा नतिजा तपाइँ आफ्नै पोल्टोमा पर्नेछ ।