सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

  • बैशाख ६, २०७८ सोमवार
  • १०:३६:५९ बजे
  • 4.3K
    SHARES
  • सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय
    फाइल तस्बिर

    काठमाडौं : सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै रात्रिकालीन व्यवसाय,

    सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम

    नियन्त्रणका लागि यस्तो निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने उनले बताए ।

    तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही,

    चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

  • सम्बन्धित विषय:

  • # विद्यालय
  • # काेराेना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार