गलकोट र ढोरपाटन नगरका विद्यालय १० दिन बन्द

गलकोट र ढोरपाटन नगरका विद्यालय १० दिन बन्द

  • बैशाख १४, २०७८ मंगलवार
  • २०:१०:०६ बजे
  • 5.2K
    SHARES
  • गलकोट र ढोरपाटन नगरका विद्यालय १० दिन बन्द
    फाइल तस्बिर

    इश्वर सुवेदी, विनोद विश्वकर्मा : गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाले सबै निजी तथा सामुदायिक विद्यालय भोलिदेखी १० दिनको लागी बन्द गर्ने निर्णय भएको छ । नेपालमा हाल देखा

    परिरहेको कोरोना भाईरस कोभिड १९ को दोश्रो लहरको प्रभावका कारण विद्यार्थी, शिक्षक तथा अभिभावहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै २४ गतेसम्म लागि नगरपालिका शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिएको हो । शिक्षण

    संस्थाहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा गरिने शिक्षण, परिक्षा, ट्युसन जस्ता क्रियाकलापहरु बन्द गर्ने वैकल्पिक विधि अपनाएर भर्चुअल माध्यम मार्फत कक्षा सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ । 

    जिल्ला अन्य विभिन्न पालिकाहरुले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । बागलुङ नगरपालिकाले यस अगाडी नै एक विद्यालयका ठूलो संख्यामा शिक्षक विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार