राजनीतिक खेल

जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन, मोबाइल अफ, अब के हुन्छ अविश्वास प्रस्ताव ?

जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन, मोबाइल अफ, अब के हुन्छ अविश्वास प्रस्ताव ?

  • बैशाख १५, २०७८ बुधवार
  • १६:३१:४१ बजे
  • 9.4K
    SHARES
  • जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन, मोबाइल अफ, अब के हुन्छ अविश्वास प्रस्ताव ?

    पोखरा : गण्डकी प्रदेशमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएका छन् । सांसदको तारन्तारको फोनले उनको मोबाइल अफ छ । कुनै सांसदसँग उनको सम्पर्क छैन ।

    ती सांसद खिमविक्रम शाही हुन् । उनको दल जनमोर्चा नै गण्डकीमा दुवै पक्षको लागि निर्णायक हो । जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने आजको प्रदेशसभा बैठकमा उपस्थित छन् ।

    यदि, आज नै मतदान भयो र खिमविक्रम शाही आइपुगेनन् भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल हुनेछ र सरकार जोगिनेछ । शाही नआउँदा अविश्वासको प्रस्तावको लागि आवश्यक ३१ मत पुग्दैन ।

    नेपाली कांग्रेसका १५, नेकपा ९माओवादी केन्द्र०का ११, जसपाका दुई गरी २८ सांसदले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जनमोर्चाले निर्णय गरेपछि यहाँ सरकार ढल्ने स्थिति देखिएको थियो ।

    तर, खिमविक्रम शाही आएका छैनन् भने स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि आजको बैठकमा अनुपस्थित रहेका छन् ।

    सम्बन्धित समाचार