सांसद शाही कोरोना संक्रमण मुक्त 

सांसद शाही कोरोना संक्रमण मुक्त 

  • बैशाख २६, २०७८ आइतवार
  • ०८:४८:३८ बजे
  • 6.3K
    SHARES
  • सांसद शाही कोरोना संक्रमण मुक्त 

    बागलुङ : गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही ९ दिनमै कोरोना संक्रमण मुक्त  भएका छन् । प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान गर्ने दिन (बैशाख १५) मा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

    मतदानको अघिल्लो दिन गरेको परीक्षणमा सांसद शाहीकै एकै दिन ३ थरि कोरोना रिपोर्ट आएको थियो । मतदानका समयमा एकाएक ‘बेपत्ता’ भएपछि उनकै प्रमुख सचेतक पियारी थापाले ‘खोजी गरी पाऊँ’ भन्दै सचिवालयमा निवेदन दिएकी थिइन् । उनी राष्ट्रिय जनमोर्चाका सांसद हुन् ।

    उनकै निवेदनका आधारमा सभामुखले अनिश्चित कालका लागि सदन स्थगित गरेका थिए । मतदान स्थलमा अनुपस्थित भएर सम्पर्कविहीन भएका सांसद शाही नागढुंगास्थित एक निजी अस्पतालमा ‘फेला’ परेका थिए । 
    अवस्था एकदमै गम्भीर रहेको भन्दै प्रशासनले उनलाई भेट्न दिएको थिएन ।

    अविश्वास प्रस्तावमाथि बैशाख २७ गते मतदान गर्ने अर्को कार्यसूची छ । उनले अस्पतालबाटै आफू अविश्वास प्रस्तावकै पक्षमा रहेको विज्ञप्ति जारी गरेका थिए ।

    सम्बन्धित समाचार