बुर्तिबाङ : चट्याङ लागेर बडिगाडमा एक बालकको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिक वडा नम्बर ५ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको स्थानीय राजन पाएजाले जानकारी दिए । चट्याङ लागेर गम्भीर भएका पेमीको उपचारका
लागि लैजाँदै गर्दा मृत्यु भएको पाइजाको भनाई छ । ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्थामा उनलाई चट्याङ लागेको स्थानीयको भनाई छ । विद्युत मिटर बक्सको नजिक रहेका पेमीको चट्याङदे शरिर जलेको पाइजाले बताए ।
त्यस्तै वडा नम्बर ४ मा चट्याङ लागेकार ११ वर्षीया बालिका सृष्टि राकसकोटी घाइते भएकी छिन् । चट्याङले स्थानीय प्रेम राकसकोटीको दुई घरमा आंशिक क्षति पुगेको पाइजाले जानकारी दिए ।
राकसकोटीको घरमा भएका लत्ता कपडा, खाद्यान लगायतका सामग्रहरु जलेर नष्ट भएको उनले बताए । मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको उनको भनाई छ ।