पक्राउ

लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई युवा पक्राउ

लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई युवा पक्राउ

  • जेठ २०, २०७८ बिहिवार
  • ०६:३८:३७ बजे
  • 6.8K
    SHARES
  • लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई युवा पक्राउ

    बागलुङ : लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई जना पक्राउ परेका छन् ।  जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ४ भाङ्गीका दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगेको टोलीले दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब साढेँ २ किलो चरेस, ७ किलो गाजाँको धुलो र एक थान भरुवा बन्दुक सहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ ढोरपाटन नगरपालिका–४ भाङ्गीका ३४ वर्षीय जित बहादुर पुन र सोही गाउँका ३८ वर्षीय डम्बर बहादुर पुनलाई पक्राउ गरेको हो ।

    सुकाकीको आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुसँगबाट चरेश, गाँजाको धूलो र भरुवा बन्दुक जफत गरिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङ प्रहरी निरिक्षक जयराम बन्तले बताए । गाँजाको कारोवार गरेको भन्ने सूचना प्रहरीकोमा आएपछि प्रहरी टोली गाउँमै पुगेर बरामद गरेको प्रहरीको भनाई छ । जितबहादुरको घरबाट साढेँ २ किलो

    गाजाँको धुलो र  डम्बर बहादुरको घरबाट २ किलो २ सय ग्राम चरेस, साढेँ ४ किलो गाजाँको धुलो र एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक वन्तले बजानकारी दिए । उनीहरु दुबैजनालाई थप अनुसन्धानका लागि बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरीले बताएको छ ।

     

  • सम्बन्धित विषय:

  • # राशिफल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार