यी हुन् यस वर्ष प्रयोगकर्ताले सबैभन्दा धेरै रकम खर्चिएका ९ स्मार्टफोन एप

यी हुन् यस वर्ष प्रयोगकर्ताले सबैभन्दा धेरै रकम खर्चिएका ९ स्मार्टफोन एप

  • पौष ४, २०७७ शनिवार
  • १४:५१:०३ बजे
  • 4.6K
    SHARES
  • यी हुन् यस वर्ष प्रयोगकर्ताले सबैभन्दा धेरै रकम खर्चिएका ९ स्मार्टफोन एप

    काठमाडौं : चालू वर्ष सन् २०२० मा मोबाइल एप तथा गेमहरुमा प्रयोगकर्ताले गरेको खर्चले नयाँ कीर्तिमान कायम गरेको छ ।

    यो वर्ष एप्पलको एप स्टोर र गुगलको प्लेस्टोर दुबैमा प्रयोगकर्ताले उल्लेखनीय खर्च गरे । एपबाट हुने आम्दानीको दृष्टिकोणबाट एप्पलले यो वर्ष पनि आफ्नो प्रभुत्व कायमै राखेको छ ।

    सन् २०२० मा स्मार्टफोन प्रयोगकर्ताहरुले एप खरीदमा गरेको खर्चमध्ये ६५ प्रतिशत एप्पलका डिभाइसको पोल्टामा परेको छ ।

    उसो त गुगल प्ले स्टोरले पनि यो वर्ष एपहरुबाट गर्ने आम्दानीमा वृद्धि गर्न सफल भयो झण्डै ३० प्रतिशतले । तथ्यांक अनुसार आइफोन प्रयोगकर्ताहरुले सर्वाधिक रकम खर्च गरेका

    फिचरहरुमा गेम्स, फोटो, भिडियो तथा सोसल नेटवर्किङ रहेका छन् । उता एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुले सर्वाधिक रकम खर्च गरेका विधाहरुमा गेम्स, मनोरञ्जन र सोसल मिडिया रहेका छन् ।

    एप एन्नीको रिपोर्ट अनुसार सन् २०२० मा सर्वाधिक रकम कमाउन सफल ९ वटा एपहरु यी हुन् :

    १. टिन्डर स् लोकप्रिय डेटिङ एप टिन्डर यो वर्ष सर्वाधिक कमाउन सफल एप भएको छ ।  यो एपमार्फत् प्रयोगकर्ताले अन्य प्रयोगकर्ताका प्रोफाइलहरु केलाएर आफ्नो लागि मिल्दो जोडी खोज्न सक्दछन् ।

    २. टिकटक स् प्रयोगकर्ताले सबैभन्दा धेरै रकम खर्च गरेका एपहरुमा दोश्रो स्थानमा टिकटक रहेको छ । यो एपमा प्रयोगकर्ताले आफ्ना १५ सेकेण्डमा भिडियो सिर्जना शेयर गर्न सक्दछन् ।

    ३. युट्युब स् गुगल मातहतको भिडियो प्लाटफर्म एप युट्युब तेश्रो स्थानमा परेको छ ।

    ४.डिज्नी प्लस स् स्ट्रिमिङ्ग सर्भिस डिज्नी प्लस यो वर्ष एप्स्टोरमा सर्वाधिक आम्दानी गर्ने तेश्रो स्थानमा छ । यो एपमा डिज्नी, पिक्सर, मार्भेल, स्टार वार्स तथा नेसनल जियोग्राफिकका सामाग्रीहरु हेर्न सकिन्छ ।

    ५.टेन्सेन्ट भिडियो स् चिनियाँ भिडियो स्ट्रिमिङ्ग एप प्रयोगकर्ताले सर्वाधिक खर्च गरेको एपको सूचिमा पाँचौ स्थानमा छ ।

    ६. नेटफ्लिक्स स् एप एन्नीको छेटौँ स्थानमा नेटफ्लिक्स रहेको छ ।

    ७. QIYI : चिनियाँ अनलाइन भिडियो प्लाटफर्म इक्वियी सातौँ स्थानमा छ । यो एपले विभिन्न भाषाका भिडियोहरु उपलब्ध गराउँदछ ।

    ८. गुगल वन स् गुगलको क्लाउड स्टोरेज सब्सक्रिप्सन सर्भिस गुगल वन प्रयोगकर्ताले सबैभन्दा धेरै रकम खर्चिएको आठौँ सर्भिसको रुपमा रहेको छ ।

    ९.बिगो लाइभ : निःशुल्क लाइभ भिडियो च्याट एप बिगो लाइभ यो वर्ष प्रयोगकर्ताले सर्वाधिक रकम खर्च गरेका एपहरुको सूचिमा नबौँ स्थानमा पर्न सफल भएको छ । 

  • सम्बन्धित विषय:

  • # स्मार्टफोन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार