यी फिचर बन्द हुँदैछन् मेसेन्जर र इन्स्टाग्राममा

यी फिचर बन्द हुँदैछन् मेसेन्जर र इन्स्टाग्राममा

  • पौष ४, २०७७ शनिवार
  • १७:४८:०० बजे
  • 4.7K
    SHARES
  • यी फिचर बन्द हुँदैछन् मेसेन्जर र इन्स्टाग्राममा

    सोसल मिडिया कम्पनी फेसबुकले युरोपमा

    आफ्नो मेसेन्जर तथा इन्स्टाग्राम एपका विभिन्न फिचरहरु निस्क्रिय बनाउँदैछ ।

    युरोपेली मुलुकहरुको गोपनीयता कानुनसँग

    तादम्यता मिलाउने गरी फेसबुकले मेसेन्जर र इन्स्टाग्रामका कतिपय फिचर युरोपेली प्रयोगकर्ताका लागि उपलब्ध नगराउने भएको हो ।


    युरोपेली युनियनको विद्युतीय गोपनीयता सम्बन्धी नयाँ कानून eprivacy निर्देशिका आगामी डिसेम्बर २१ देखि लागू हुने भएको हुँदा फेसबुकले यस्तो निर्णय गरेको हो ।

    नयाँ कानूनको परिपालनाका लागि तत्काललाई मेसेन्जर र इन्स्टाग्रामका विभिन्न अन्तरक्रियात्मक फिचरहरु निस्क्रिय बनाएर केवल मुख्य मेसेजिङ सर्भिस मात्र कायम राखिनेछ ।

    कानुनसँग तादम्यता मिल्ने गरी प्राविधिक सुधारपछि मात्रै ती फिचरहरुलाई पुनर्स्थापित गरिने बताइएको छ ।

    युरोपेली मुलुकहरुमा फेसबुकले निस्क्रिय बनाउने मेसेन्जरका फिचरहरुमध्ये ग्रुप च्याट पुल्स पनि एक हो ।

    साथै मेसेन्जरमा साथीहरुका लागि निकनेम राख्न पाउने फिचर पनि निस्क्रिय बनाइनेछ ।

    त्यस्तै इन्स्टाग्राममा रहेको डाइरेक्ट मेसेजद्वारा अग्मेन्टेड रियालिटी फेस फिल्टर शेयर गर्न सकिने फिचर पनि निस्तेज हुनेछ ।

    यद्यपि फेसबुकले ठ्याक्कै कुन कुन फिचरहरु निस्क्रिय हुनेछन् भन्ने सूची सार्वजनिक गरेको छैन ।

    नियमसँग नबाझिने कुरामा विश्वस्त भएमा ती फिचरहरु तत्कालै सूचारु गरिने हुँदा त्यस्तो

    सूची नबनाइएको फेसबुकको भनाइ छ ।

    एजेन्सी

    सम्बन्धित समाचार