पत्नी बितेको पाँच दिन नबित्दै श्रीमानको कोरोनाबाट मृत्यु

पत्नी बितेको पाँच दिन नबित्दै श्रीमानको कोरोनाबाट मृत्यु

  • आषाढ ५, २०७८ शनिवार
  • ०७:५१:५५ बजे
  • 3.6K
    SHARES
  • पत्नी बितेको पाँच दिन नबित्दै श्रीमानको कोरोनाबाट मृत्यु
    फाइल तस्बिर

    काठमाडौ : भारतका प्रख्यात धावक मिल्खा सिंहको चन्डीगढ अस्पतालमा मृत्यु भएको छ । उनी  कोरोनाबाट संक्रमित थिए । पाँच दिन पहिले मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको मृत्यु कोरोनाबाटै भएको थियो । ९१ वर्षका सिंहलाई चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ती गराइएको थियो ।

    जहाँ शुक्रबार उनको स्वास्थ निकै बिग्रियो र धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन  सकिएन । पिजी आईएमई आर अस्पतालका प्रवक्ता अशोक कुमारका अनुसार शुक्रबार राति ११ः३० बजे मिल्खा सिंहको निधन भएको हो ।  २० मेइमा उनलाई अस्पतालको आईसियुमा भर्ना गरिएको थियो ।

    १३ जुनसम्म उनी आईसियुमा थिए र यस दौरान उनले कोरोना पनि जितेका थिए । १३ जनुमा कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि कोभिड सम्बन्धी समस्या जारी नै रह्यो र उनलाई फेरि आईसियु भर्ना गर्नुप¥यो । यसपटक तमाम कोसिस काबाबजुद चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । 

    फ्लाइंगसिखको नामले प्रख्यात
    मिल्खा सिंह भारतका एक्ला त्यस्ता धावक हुन्, जसले ४ सय मिटरको दौडमा एशियाली खेल र कमनवेल्थ खेलकुदमा पनि गोल्ड मेडल जितेका थिए । १९५८ को टोकियो एशियाली खेलकुदमा मिल्खा सिंहले २ सय मिटर र ४ सय मिटरको दौडमा गोल्ड मेडल जितेका थिए ।

    त्यस्तै, उनले १९६२ को जकार्ता एशियाली खेलकुदमा ४ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमागोल्ड मेडल जितेकाथिए ।  यस्ता धेरै उपाधिहरु उनको नाममा छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मिल्खा सिंहसँगको तस्विर शेयर गर्दै उनीप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

    ‘मिल्खा सिंहजीको निधनबाट हामीले एक महान् खेलाडी गुमाएका छौं । असंख्य मानिसहरुको मनमाउनको विशेष स्थानथियो । उनको प्रेरक व्यक्तित्वले लाखौं मानिसहरुलाई प्रेरित ग¥यो । म उनको निधनले आहत छु,’मोदीले ट्वीटरमा लेखेका छन् । 

  • सम्बन्धित विषय:

  • # कोरोनाबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार