बागलुङ : बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।
धौलागिरि अस्पतालको आईसियु कक्षमा उपचार गराईरहेका बागलुङ नगरपालिका—२ का ७९ वर्षीय पुरुषको उपचारकै क्रममा मंलबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरले बताए । गत जेठ ८ गते श्वासप्रश्वासमा समस्या उनलाई देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
बागलुङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।