काठमाडौं : अमेरिकाको क्यालिफोर्निया राज्यको सेन जोस सहरमा एक ट्रक ड्राइभरमाथि एक महिलाको हत्या र २ अन्यलाई गम्भीर घाइते बनाएको आरोप लागेको छ । यी ड्राइभरले चलिरहेको ट्रकमा शारीरिक सम्बन्ध राखेका थिए जसका कारण यो दुर्घटना भएको थियो । दुर्घटनाका क्रममा उनी अत्याधिक नशामा पनि छ ।
यो दुर्घटनामा ३५ वर्षकी एक महिलाको मृत्यु भयो र उनीसँग बसेका अन्य २ जना गम्भीर घाइते भए । ट्रकले सेन जोस नामको एक बारमा ठक्कर दिएको थियो त्यसपछि त्यहाँ भागाभाग भयो । पुलिसले आफ्नो रिपोर्टमा आरोपी ड्राइभर एलिक्स मोरिनोविरुद्ध हत्या र नशामा ट्रक चलाएको मुद्दा दर्ता गरेर उनलाई जेलमा हालिएको

बताएको छ । यो घटनापछि स्थानीय आक्रोशित छन् र आरोपीलाई कडा कारवाही गर्न माग गरिरहेका छन् ।
पुलिसले अदालतमा पेश गरेका दस्तावेजअनुसार ती ट्राक ड्राइभर पहिले एक वेश्यासँग एक पबमा गएका थिए ।पबमा उनलाई भित्र जान दिइएन त्यसपछि उनी त्यहाँबाट रिसाउँदै निस्केर सिधै पार्किङमा गएका थिए ।
उनी पार्किङमा राखिएको ट्रकमा गएर बसे । केही बेर त्यत्तिकै बसिरहेपछि उनले अचानक ट्रक पछाडि हटाए ।
यस क्रममा उनले केही पनि हेरेनन् । उनले ट्रक यति तीब्र गतिमा ब्याक गरेका थिए कि त्यहाँ भएका मानिसहरु त्यहाँबाट हट्न समय पनि पाएनन् । लस एन्जल्स टाइम्सको रिपोर्टअनुसार आरोपीले मदिराका
साथै खुल्ला ठाउँमा कोकिनको समेत सेवन गरेका थिए जो पूर्ण रुपमा गैरकानुनी हो । यी ट्रक ड्राइभरले पार्किङबाट निस्कनको लागि ट्रक ब्याक गर्दा ट्रकको गति ४५ मिलोमिटर प्रतिघण्टा थियो । यस क्रममा उनी गाडीमा रहेकी महिलासँग शारीरिक सम्बन्धमा पनि व्यस्त थिए । दुवै अत्याधिक नशामा थिए ।