नयाँ दिल्ली : भारतको लखनउकी एक युवतिले विवाहको आश्वासनमा एक युवकको ६ लाख भारु खर्च गराएर फरार छिन् । १६ डिसेम्बरमा विवाह गर्ने भन्दै युवतिले पटक–पटक गरेर ६ लाख रुपैयाँ ठगेकी हुन् ।भारतको चर्चित साइट जीवन सादीडटकम मार्फत मनोज अग्रवालसंग एक युवति सम्पर्कमा आइन् ।
सामाजिक सञ्जाल मार्फत सम्पर्कमा पुगे लगत्तै उनीहरुविच विवाहको कुरा भयो । जब मनोजले जीवनसाथी डटकममा आफ्नो प्रोफाइल राखे लगत्तै प्रियंका सिंह नामक युवतिको रिक्वेष्ट आयो । उनीहरुविच कुराकानी बाक्लिन थाल्यो । आफुलाई बिहारको बासिन्दा बताउने युवतिले बाबु आमाको निधन भइसकेको
र काकीसंग बस्दै आएको र दिल्लीमा पढ्दै गरेको जानकारी दिइन् । त्यहि विचमा मनोजका अभिभावक र प्रियंकाको काकीविच कुराकानी पनि भयो । यहि विचमा प्रियंकाले आफुले आइएएसको तयारी गर्दै गरेको जानकारी दिइन् । यहि बहानामा युवतीले पैसा माग्न थालिन् । १० हजार, २० हजार, ५० हजार
गर्दै मनोजले ६ लाख रुपैयाँ बुझाए । पछिल्लो छ महिनादेखी उनीहरु ह्वाट्एपमा च्याट गर्थे । केही पटक भेटघाट पनि भयो । उनीहरु विच १६ डिसेम्बरमा विवाह गर्ने सहमति भयो । मनोज विवाहको तयारीमा लागे । तर, युवति फरार भइन् । यतिसम्म कि पछिल्लो पटक मनोजलाई भेटन युवति लखनउ आउदा जाने आउने
टिकट मनोजले नै काटिदिएका थिए । सपिङ मलमा २ लाख बराबरको सपिङ पनि गरेका थिए । मनोजको भनाई अनुसार अन्तिम भेटमा युवतिले हैदराबाद जान्छु भनेर विदा भएकी थिइन् । अहिले प्रियंका मात्रै हैन उनको काकी भनिएकी महिलाको पनि मोबाइल फोन स्वीचअफ छ ।
मनोजले प्रियंकाको आधार कार्ड र प्यान कार्ड चेक गराउदा नक्कली भेटिएको छ । कागजपत्र फर्जी भेटिएपछि मनोज उजुरी लिएर प्रहरीकोमा पुगेका छन् ।