बागलुङ : यो बागलुङ जिल्लाको तमानखोला गाउँपालिका—३ को सुन्दर तमान गाउँ हो । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सुदुरको यो गाउँ निकै आकर्षक छ । यहाँ रहेका हरेक घरमा ढुङ्गे छानो छन् ।

टम्म मिलेको बस्ती भएका कारण यो निकै आकर्षक देखिन्छ । अधिकाँस आदिवासी जनजाति समुदाय रहेको यो गाउँ पर्यटकीय गन्तव्य बन्न योग्य छ ।

सडक सञ्जालको पहुँच पुगेका कारण अहिले बुर्तिबाङबाट एक डेढ घण्टामै गाडीमा यो गाउँ पुग्न सकिन्छ । बुर्तिबाङ बजारबाट तमानखोला गाउँपालिकाको मुकाम रहेको बोङ्गादोभन हुँदै तमान गाउँतर्फ जाँदा बीचमा अनकन्टार र कहाँली लाग्दा पहाड भिर पहरा भेटिन्छन् ।

तमान गाउँमा पुगेपछि भने त्यो गाउँको सुन्दरताले सबै समस्या भुलाईदिन्छ । तमान गाउँको दृश्यपान गर्नका लागि पारीपट्टी रहेको तमान स्वास्थ्यचौकीमा पुग्नुपर्छ । जहाँबाट तमान गाउँको सौन्दर्यतामा मोहित हुन पाईन्छ ।

तस्विरः संगम घर्तीमगर


