काेराेना कहर

कोरोना संक्रमणबाट बागलुङमा एकै दिन थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट बागलुङमा एकै दिन थप २ जनाको मृत्यु

  • आषाढ ८, २०७८ मंगलवार
  • १३:२९:४५ बजे
  • 5.6K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङमा एकै दिन थप २ जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा एकै दिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । बडिगाड-२ का ६८ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि जेठ १९ गते धौलागिरी अस्पतालमा ल्याइएको थियो ।

    उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको घिमिरेको भनाई छ । उनको मंगलबार विहान ११ बजे मृत्यु भएको घिमिरेले जानकारी गराए ।त्यस्तै बागलुङ नगरपालिका वडा नम्बर ३ का पुरुषको स्वास्थ्यमा समस्या भएर सोमबार अस्पताल पुगेका थिए । उनको मंगलबार मृत्यु भएको घिमिरेले जानकारी दिए । बागलुङमा पछिल्लो केही दिन यता संक्रमण दर घट्दै गएइ रहेकाे छ भने मृत्युदर पनि कम भएको थियो । अहिले जिल्लाभर

    जम्मा सक्रिय संक्रमित ३ सय जना सक्रिय संक्रमित छन् । त्यस मध्ये अधिकांश होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । संक्रमित मध्ये केही धौलागिरी अस्पताल र केही पालिकाले निर्माण गरेको कोभिड अस्पताल तथा आइसोलेशनमा छन् ।  धौलागिरी अस्पताल बागलुङमा ११ जना, गलकोटमा १ जना, बरेङमा २ जना, ढोरपाटनमा २ जना, रातमाटा आइसोलेशनमा १ जना,

    निसीखोलमा १० जना, खर्बाङमा २ जना र होम आइसोलेशनमा २ सय ७१ जना रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । संक्रमणको दर घट्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले लकडाउनलाई खुकुलो बनाउन थालेको छ । गत बैशाख २१ गतेबाट सुरु भएको लकडाउन अहिलेसम्म पनि जारी नै छ । तर मोडालिटीमा भने केही परिवर्तन गरिएको प्रशासनले जनाएको छ । लकडाउन सोमबार

    बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले थप एक साता थपेको छ । यस अवधीमा होटल, बस व्यवसाय,  सिनेमाघर, व्युटिपार्लर, लगायतका सेवामुलक व्यवसाय बाहेक सबै पसलहरु असार ८ गतेदेखि बिहान ७ बजेदेखि १२ बजेसम्म खुल्ने भएका छन् । रेष्टुरेण्टहरुले काउन्टर खुल्ला नगरिकन होम डेलिभरीको व्यवस्थागर्न सकिने निर्णय भएको बताइएको छ । निजी सवारी साधनलाई जोर बिजोर प्रणालिमा

    सञ्चालनमा आउन दिने समेत निर्णय भएको छ । चारपांग्रे र दुईपांग्रे सवारी गते अनुसार जोर विजोर प्रणालिमा सञ्चालन गर्न दिने निर्णय भएको हो । बैंक तथा वित्तिय संस्थालाई बिहान ९ बजेदेखि १२ बजेसम्म सबै दिन खोल्न दिने निर्णय भएको छ । सहकारी संस्थाहरुले घर घरमा पुगेर दैनिक बचत संकलन नगर्ने गरी खुल्ला गर्ने निर्णय भएको हो । यस अघि जेठ ३१ गते एक साता लकडाउन थप गरिएको थियो ।  

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार