तमान गाउँका ४५ परिवारलाई खाद्यान्न सहयोग 

तमान गाउँका ४५ परिवारलाई खाद्यान्न सहयोग 

  • आषाढ ९, २०७८ बुधवार
  • ०८:३३:३८ बजे
  • 4.7K
    SHARES
  • तमान गाउँका ४५ परिवारलाई खाद्यान्न सहयोग 

    बागलुङ : कोरोना महामारीको चपेटामा परेका तमानका स्थानीयलाई राहत वितरण गरिएको छ । कोरोना महामारीका कारण गर्दा गरिएको निशेधाज्ञाका कारण कामबाट बञ्चित भई बिहान बेलुकाको छाक टार्न समस्या परेका विपन्न ४५ परिवारलाई सहयोग गरिएको छ ।

    तमानखोला गाउँपालिका वडा नम्बर ३ साविक तमान गाविसका वडा नम्बर २ घर भई हाल जापानमा रहेका देवेन्द्र शेरचन तथा बबिता तुलाचन शेरचनले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । निशेधाज्ञाले अति विपन्न, एकल, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई थप जटिलता सिर्जना भएको कुरालाई मध्यनजर गर्दै

    स्वर्गीय खप्रसाद शेरचन तथा होमकुमारी शेरचनका काइला छोराबुहारीले तमान गाउँका ४५ जना अति विपन्न, एकल, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई प्रति परिवार ३० किलो चामल तमानखोला गाउँपालिका—३ का वडाध्यक्ष गिरबहादुर घर्ती मार्फत वितरण गरेका थिए । निशेधाज्ञाको समयमा सबैभन्दा मर्का विपन्न

    समुदायलाई पर्ने भएकाले आफुले थोरै भए पनि राहत होस् भनेर सहयोग गरेको बताए ।  सहयोग हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष घर्तीले सबैको साथ र सहयोगबाट मात्रै कोरोना नियन्त्रण गर्न सफल हुने भन्दै यस्तै खालको सहयोगको अरुबाट पनि अपेक्षा रहेको बताए ।

    वडा कार्यालय र गाउँपालिकाले आफ्नो ठाउँबाट सक्दो प्रयास गरे पनि एकल प्रयासले मात्रै महामारी नियन्त्रण सम्भव नभएकाले सबैले साझेदारी र हातेमालो गर्नुपर्ने उनको भनाई थियो ।

  • सम्बन्धित विषय:

  • # खाद्यान्न सहयोग

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार