स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

  • भाद्र २०, २०७८ आइतवार
  • १९:३६:२४ बजे
  • 3.2K
    SHARES
  • स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

    बागलुङ : नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङले आफ्नो स्थापना दिवसको अवसरमा वेदविद्याश्रममा पढने बटुकहरुका लागि खाद्यान्न वितरण गरेको छ ।

    संघले बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको  तिरुपती बालाजीधाम मुत्तिनाथ वेदविद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाद्य सामग्री सहित स्वास्थ्य सामग्री पनि वितरण गरेको थियो ।  स्थापना दिवसका हुने अनावश्यक खर्च सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यले विद्याश्रममा अध्ययनरत विद्यार्थीको शैक्षिक उन्नयनका लागि केही सहयोग पुगोस भन्ने उद्देश्यले खाद्य सामग्री सहित स्वास्थ्य सुरक्षाका सामग्री पनि वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङका अध्यक्ष देव शर्मा आचार्यले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका उपाध्यक्ष दुर्गा प्रसाद शर्माले विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै कर्मचारीहरुले आफ्नो स्थापना दिवस मनाएको बताए ।


     उनले विद्याश्रममा रहेका विद्यार्थीका लागि हौसला प्रदान गर्नका निम्ती यस्ताखालका कार्यक्रम गर्न जरुर रहेको बताए । कार्यक्रममा स्वामी ऋषिप्रपन्नाचार्य लगायतले बोलेका थिए ।

    कार्यक्रम युनियन संघका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्ष सचिव आनन्द प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 

     

    सम्बन्धित समाचार