बागलुङ : मध्यपहाडी लोकमार्ग निर्माण कम्पनीका प्रतिनिधिले ठगी गरेर गएको आरोप लागेको छ । राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ—अक्षते खण्डका निर्माण कम्पनीका प्रतिनिधिले ठगी गरेर गएको आरोप लगाउको हो ।
काठमाडौंको बानेश्वरमा रहेको सिद्धिसाई÷भारत कन्ट्रक्सन जेभी कम्पनीले उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते १३ किलोमिटर कालोपत्रे दुई वर्षमा गर्ने सम्झौता भएको कम्पनीलाई ठगीको आरोप लागेकोे हो । करिब नौ महिना अगाडि काठमाडौंका विनोद रुवालीको स्वामित्वमा रहेको ना ८ ख ९८३, ना ८ ख ९८४ र ना. ८ त ३७६३ नम्बरको ट्रिपर र ट्रयाक्टर भाडामा लिएको र ट्रिपरको मासिक एक लाख ५० हजार भाडा र ट्रयाक्टरको ६५ हजार भाडाको रकम गरी करिब दश लाख रुपैयाँ आफुले लिन रहेको र कम्पनीका प्रतिनिधिहरु सम्पर्कमा नआएको उनले बताए ।
सिद्धिसाई जेभी कम्पनीका प्रतिनिधिसंग मिति २०७७ साल पौष ९ गते आफुले आफ्ना सामग्री दिने भनेर कागज गरेको र केहि समयमा उनले कागजमा उल्लेख गरे अनुसार दुई ट्रिपर र एक ट्रयाक्टर आफुले भाडामा दिएको उनले बताए ।
भारत कस्ट्रक्सन र सिद्धिसाई कन्स्ट्रक्सन जेभीको तर्फबाट कम्पनीका प्रतिनिधि नवराज रावलले कागजमा हस्ताक्षर गरेको उनले बताए । उनका अनुसार सम्झौतामा उल्लेख भएनुसार पैसा तिर्ने समय अवधी एक महिना अगाडि नै पुगिसकेको छ । तर ठेकेदार कम्पनीले विभिन्न बाहाना बनाएर आफुलाई पैसा नदिएर आफु पैसा उठाउनका लागि हेटौँडाबाट बागलुङ आएको रावलीको भनाई छ ।
‘सिद्धिसाई कन्स्ट्रक्सनसंग मेलै मेरा स्वामित्वमा रहेका दुई ट्रिपर र एक ट्रयाक्टर कागजै गरेर केहि समयका लागि भाडामा दिएको थिएँ । तर, पैसा माग्ने बेलामा हस्ताक्षर गर्ने नवराज रावल सम्पर्कमा आएका छैनन्,’ उनले भने । ठेकेदार कम्पनीका ‘एमडी’ दिपेन्द्र बहादुर शाही, सिद्धिशाही कन्स्ट्रक्सनका प्रतिनिधि नवराज रावल, सोही कम्पनीकी अर्की प्रतिनिधी यशोेधा राजभण्डारी पहिले सम्पर्क आएको र रकम दिने भनेको भए पनि अहिले सम्पर्कमा नआएको उनले बताए । ‘अहिले मसंग सोही कम्पनीका अर्का प्रतिनिधि शिव लामिछाने सम्पर्कमा हुनुहन्छ, तर उहाँले पनि विभिन्न बहाना बनाएर झुक्काईरहुनुभएको छ,’ उनले भने ।
आफ्नो रकम उठाउनका लागि मात्रै हेटौंडाबाट बागलुङ आएका उनले बताए । ‘म हाल उक्त कम्पनीको हकमा रहेको सामान उठाउनका लागि आएको हँु, तर, लोकमार्गको काममा अबरोध गर्न हुन्न भन्ने विवेकले प्रहरी र मिडियाका साथीहरुलाई गुहारेको छु,’ उनले भने । सिद्धिसाई कन्स्ट्रक्सनका प्रतिनिधी शिवप्रसाद लामीछानेले आफुलाई दश लाखको बारेमा केहि थाहा नभएको बताएका छन् । पहिले आफु आउनु पुर्व कम्पनीका प्रतिनिधी नवराज रावलले बदामासी गरेको हुन सक्ने उनले बताए । उनी भन्छन्,‘मैले विक्रम संवत २०७७ फागुनबाट मात्र मध्यपहाडी लोकमार्गको बागलुङ अक्षते खण्डको जिम्मा पाएको हँु तर सम्झौता भने विक्रम संवत २०७७ पौष ५ गतै नै भएको रहेछ, उक्त समयमा मलाई जिम्मेवारी थिएन ।
म बागलुङ आउनु अगावै पूर्व प्रतिनिधिहरुलाई हिसाब–किताब गर्न भनेको थिएँ, तर उहाँहरुले जानाजान हो या अन्जानमा हो हिसाब देखाउनु भएन । उहाँले मलाई दिएको लेनदेनको हिसाबमा दश लाखको हिसाब छैन ।’ दश लाख रुपैयाँ ठगी भएको हुनसक्ने तर हिसाब नदेखाउनाले आफुलाई फसाउन खोजीएको पनि उनी सक्ने उनको अड्कल थियो । त्यसैगरी, उपल्लाचौरमा रहेको दिपा होटलका सञ्चालक कृष्ण कार्की पनि आफ्नो होटलमा सिद्धिसाई कस्ट्रक्सनका प्रतिनिधिले २०७५ देखि खाएको खानाको पैसा अझैसम्म पनि नदिएको बताए ।
उनले भने,‘मध्यपहाडी लोकमार्गका प्रतिनिधिले २०७५ सालदेखि मेरो होटलमा खाना खाएका थिए, चिसोको समय होस या गर्मीको समय होस मैले पाहुना भनेर सत्कार गरेर राखेको थिए । तर प्रतिनिधिले मेरो होटलमा खाएको करिब २० हजार रुपैयाँ दिएका छैनन् । सम्पर्क गर्दा एकले अर्कालाई देखाउँदै पन्छने गर्छन, मेरो पैसा पनि डुबेको छ ।’ आफ्नो मात्र नभई विभिन्न ग्यारेज तथा अन्य होटलमा पनि प्रतिनिधिले यस्तै गर्ने गरेको आफुलाई पनि जानाकारी रहेको उनले बताए ।
हाल दश लाख ठगीको आरोप लागेका सिद्धिसाई कस्ट्रक्सन जेभीका प्रतिनिधि नवराज रावल सम्पर्कमा नआएको उनले बताएका छन् ।