सत्ता पक्षीय युवा संघद्वारा वृक्षरोपण

सत्ता पक्षीय युवा संघद्वारा वृक्षरोपण

  • आषाढ २१, २०७८ सोमवार
  • १८:५२:३२ बजे
  • 4.8K
    SHARES
  • सत्ता पक्षीय युवा संघद्वारा वृक्षरोपण

    बागलुङ : राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङले बागलुङ नगरपालिका–१ रामरेखामा रहेको सहीद स्मृति पार्कमा वृक्षरोपण गरेको छ ।

    नेकपा एमालेको भातृ  संगठनका सदस्यहरुले पार्कमा वृक्षरोपण गरेका युवा संघ जिल्ला समिति बागलुङका सचिव दीपेन्द्र रेग्मीले बताएका छन् । संघले पार्कमा करिब एक सय ५० वटा विरुवा रोपेको छ । अमला, हर्रो, बर्रो लगायतको विरुवा रोपेको रेग्मीले बताए । वृक्षरोपणका लागि डिभिजन वन कार्यालय बागलुङले विरुवा सहयोग गरेको  थियो । 


    कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले पृथ्वीको तापक्रम बढिरहेको र तापक्रम घट्न नदिन वृक्षरोपण नै मुख्य औषधी रहेकोले सबैले वृक्षरोपण गर्न पर्ने बताएका छन् ।

    कार्यक्रम युवा संघ नेपाल जिल्ला समिति संयोजक जुद्ध बोहोराको तथा सचिव दिपेन्द्र रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा युवा संघ निकटका युवाहरुको उपस्थिती रहेको थियो । संघको केन्द्रीय समितिले घोषणा गरेको कार्यक्रम अनुरुप वृक्षारोपण कार्यक्रम गरिएको रेग्मीले बताए ।

    संघले ‘देशव्यापी वृहत राष्ट्रिय वृक्षरोपण कार्यक्रम, २०७८’ मार्फत पाँच लाख वृक्षरोपण गर्ने कार्यक्रम तय गरेको छ । 

     

  • सम्बन्धित विषय:

  • # युवा संघ
  • # वृक्षरोपण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार