गलकोट : ३९ औं विपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस गलकोट नगरपालिकाद्वारा गलकोट नगरपालिका—३ मा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि, नेपाली काँग्रेसका जिल्ला सदस्य, तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा गलकोट नगरपालिका वडा नम्बर ३ स्थित सिम खेतमा निर्माण गरिएको पार्कमा वृक्षरोपण गरिएको हो ।
नेपाली काँग्रेस संस्थापक एवम् नेपालका, ऐतिहासिक प्रथम जननिर्वाचित प्रधानमन्त्री श्रद्धेय नेता विश्वेश्वरप्रसाद कोइराला प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै उनले देखाएको सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै समग्र पार्टी र देश चल्नुपर्ने भन्दै उनको सम्झना स्वरुप वृक्षरोपण गरिएको हो ।