बडिगाड र गलकोटबाट १३ थान भरुवा बन्दुक बरामद

बडिगाड र गलकोटबाट १३ थान भरुवा बन्दुक बरामद

  • पौष ६, २०७७ सोमवार
  • १३:०८:२८ बजे
  • 10.2K
    SHARES
  • बडिगाड र गलकोटबाट १३ थान भरुवा बन्दुक बरामद

    बागलुङ जिल्ला प्रहरी कार्यलय बागलुङले १३ थान भरुवा बन्दुक बरामद गरेको छ । 

    जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भरुवा बन्दुक बरामद भएको  जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी प्रहरी निरिक्षक विजय भण्डारीले जनकारी दिए ।

    बडिगाड गाउँपालिका वडा नम्बर १ टुनडाँडाको स्यानडाँडा सामुदायिक बनको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, 

    गाउँपालिका वडा नम्बर ३ सिसाखानी स्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका  वडा नम्बर ९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीले गोस्तीको क्रममा उत्तः बन्दुक हरु फेला पारेको प्रहरी निरिक्षक भण्डारीले बागलुङ पोस्टलाई जानकारी दिए । यसबारेमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    सम्बन्धित समाचार