बोक्सी आरोपमा कुटपिट गर्ने बडिगाडका ५ जना पक्राउ

बोक्सी आरोपमा कुटपिट गर्ने बडिगाडका ५ जना पक्राउ

  • पौष ४, २०७७ शनिवार
  • ०६:३३:०४ बजे
  • 5.7K
    SHARES
  • बोक्सी आरोपमा कुटपिट गर्ने बडिगाडका ५ जना पक्राउ

    बागलुङ : बोक्सी आरोपमा कुटपिट र यातना दिएको आरोपमा यहाँका ५ जना पक्राउ परेका छन् ।

    बडिगाड गाउँपालिका वडा नम्बर २ की ३६ वर्षकी एक महिलालाई यातना दिएको आरोपमा प्रहरीले उनीहरु शुक्रबार पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा वडा नम्बर २ का तेजबहादुर राना, बिजय राना, जुना र उमासहित  एक जना पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

    उनीहरुले पीडित महिलालाई मुखमा टेप टाँसेर निर्घात कुटपिट गरेको, मानसिक यातना दिएकोले पक्राउ गरिएको प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

    ती महिलाको ६ वर्षको छोरा र १३ महिनाकी छोरी छिन् । पीडितको धौलागिरी अस्पतालमा स्वास्थ्य परीक्षण र उपचारपछि घर पठाइएको छ ।

    ‘बोक्सीको आरोपमा यातना दिएकोले कसुर बढीनै देखिन्छ’ श्रेष्ठले भने, ‘उनीहरुलाई पुस ६ गते सम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश पनि आइसकेको छ ।’

    नियोजित रुपमा लामो समय देखि ती महिलालाई यातना दिएकोले थप अनुसन्धान भैरहेको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # बडिगाड
  • # बोक्सी
  • # कुटपिट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार