खेलकुद

बडिगाडमा वाइरिङ गर्ने क्रममा छबाट खस्दा एक जनाको मृत्यु 

बडिगाडमा वाइरिङ गर्ने क्रममा छबाट खस्दा एक जनाको मृत्यु 

  • बैशाख २६, २०७८ आइतवार
  • १०:०३:३२ बजे
  • 5.3K
    SHARES
  • बडिगाडमा वाइरिङ गर्ने क्रममा छबाट खस्दा एक जनाको मृत्यु 

    कमल पौडेल, खर्बाङ : बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ खर्बाङमा घरको छतबाट खस्दा एक जनाको ज्यान गएको छ । 

    बडिगाड गाउँपालिका वडा नम्बर २, दनिया निवासी ३९ वर्षीया रन बहादुर रानाको मृत्यु भएको हो ।  स्थानीय दिपु केसीको घरमा वाइरिङ गर्ने क्रममा खस्दा गम्भीर घाइते भएका थिए ।

    घाइते रानाको अवस्था गम्भीर भएपछि उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला ज्यान गएको बताइएको छ । 

    1620532318942.jpg

    गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमतिसहित २ छोरा र १ छोरी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # बडिगाड

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार