ईश्वर सुवेदी
गलकोट नगरकार्यपालिकाको ४४ औं बैठक सम्पन्न भएको छ ।
बैठकले यहि पौष २९ गते बुधबार ८ औ नगरसभा गलकोट नगरापालिका वडा नं २ मा रहेको गलकोट नगरपालिकाको सभाहलमा गर्ने निर्णय गरेको छ ।
सोमबार नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृत नगर तथा वडा स्तरीय आयोजना तथा कार्यक्रम शिर्षक हेरफेर गरि संशोधनका लागि नगरसभामा लैजाने निर्णय गरिएको छ ।
गलकोट नगरपालिकाको संस्था दर्ता सम्बन्धी विधेयक २०७७, कर्मचारी व्यवस्थापन विधेयक २०७७, स्थानिय तथ्यांङक विधेयक २०७७, वातावरण संरक्षण सम्बन्धि विधेयक २०७७ गलकोट नगरपालिकाको टोल विकास
संस्था (गठन तथा परिचालन) सम्बन्धि कार्यविधि २०७७, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन कार्यविधि २०७७, सार्वजनिक जवाफदेहिता प्रवद्र्धन कार्यविधि २०७७ आवश्यक संशोधन सहित नगरसभामा लैजाने गलकोट नगरपालिकाका सूचना अधिकारी तुल बहादुर बि.कले जानकारी दिए ।
बैठकले मापदण्ड पुरा भएका निर्माण व्यवसायिहरुलाई स्थलगत अनुगमन गरि कार्यविधि अनुसार इजाजत दिनुका साथै नदि जन्य निर्माण सामग्रीहरुको आई.ई ई प्रतिवेदन स्वीकृत दिने निर्णय गरेको छ ।
४४ औं कार्यपालिकाको बैठक गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, सूचना
अधिकारी तुल बहादुर विकको संचालनमा सम्पन्न भएको थियो ।