हुलासका मजदुर आन्दोलित 

हुलासका मजदुर आन्दोलित 

  • आषाढ २३, २०७८ बुधवार
  • १९:०७:०९ बजे
  • 4.8K
    SHARES
  • हुलासका मजदुर आन्दोलित 

    विराटनगर : मोरङको बुढीगंगा गाउँपालिकामा रहेको हुलास वायर इन्डस्ट्रिजमा कार्यरत मजदुर आन्दोलनमा उत्रिएका छन् । उद्योगले ९३ जना मजदुर निकालेपछि त्यसको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।

    उद्योगले नियुक्ति पत्र नदिएको भन्दै मंगलबार श्रम कार्यालय विराटनगरमा उजुरी दिन पुगेका मध्ये ९३ जना मजदुरलाई बुधबारबाट काममा आउन रोकेपछि उनीहरु आन्दोलित भएका हुन् ।


    उद्योगले २०७७ असार २१ गते न्यूनतम पारिश्रमिक र नियुक्ती पत्र दिने सहमति गरेको भए पनि सो कार्यान्वयन नभएपछि श्रम कार्यालयमा उजुरी दिएको नेपाल ट्रेड युनियन कांग्रेस निकट नेपाल कारखाना श्रमिक संघ मोरङका अध्यक्ष श्रीप्रसाद साहले बताए । उक्त उजुरी पश्चात एक्कासी उद्योगले बुधबारबाट काममा आउन रोकेको उनको भनाइ छ । तीनदेखि १४ वर्षसम्म काम गरिरहेका कामदारलाई उद्योगले निकालेको उनको भनाइ छ ।

    मजदुरले प्रदर्शन गरेपछि उद्योगको उत्पादन ठप्प भएको छ । हटाइएका मजदुरलाई पुनर्वहालीको माग राखेर उद्योगको गेट अगाडि धर्ना दिने काम भइरहेको उनले बताए ।

    उद्योगका महाप्रबन्धक मुकेश कोठारीले भने कामदार निकालिएको विषयमा आफूलाई जानकारी नभएको बताए । काम विषेशले आफू काठमाडौंमा रहेको बताउँदै उनले कामदार निकालिएको विषयमा जानकारी नभएको बताए ।

  • सम्बन्धित विषय:

  • # हुलास
  • # मजदुर
  • # आन्दोलित

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार