पर्यटन व्यवसायी र मजदुरलाई खोप र एक करोडको राहत प्याकेज दिने मन्त्री शर्माको निर्णय 

पर्यटन व्यवसायी र मजदुरलाई खोप र एक करोडको राहत प्याकेज दिने मन्त्री शर्माको निर्णय 

  • श्रावण १०, २०७८ आइतवार
  • १४:४२:३८ बजे
  • 4.1K
    SHARES
  • पर्यटन व्यवसायी र मजदुरलाई खोप र एक करोडको राहत प्याकेज दिने मन्त्री शर्माको निर्णय 

    पोखरा : गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् ।

    पदभार ग्रहणका लागि मन्त्रालय पुगेका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा. महेश्वर ढकाल, महाशाखा प्रम¬ख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायतका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभार ग्रहणसँगै उनले दुइ वटा महत्वपूर्ण निर्णयहरु गरेका छन् ।

    कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गर्ने पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका हुन् । 

    त्यस लगत्तै मन्त्रीशर्माले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्री शर्माले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

    ‘कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ,’  उनले भने , सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुहोस्।’

    सम्बन्धित समाचार