कोरोना विरुद्धको खोप काठमाडौंमा आईपुग्यो 

कोरोना विरुद्धको खोप काठमाडौंमा आईपुग्यो 

  • माघ ८, २०७७ बिहिवार
  • १३:१९:०६ बजे
  • 2.8K
    SHARES
  • कोरोना विरुद्धको खोप काठमाडौंमा आईपुग्यो 

    काठमाडौं : भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ ।

    केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।


    भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । 


    अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो ।


    ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । नगर प्रहरीले स्कर्टिङ गरी खोप टेकुसम्म पुर्याउने छ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

    तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • # खोप
  • # आईपुग्यो

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार