बागलुङ : बागलुङका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवनको भरतपुर सामुदायिक अस्पतालमा उपचाररत बागलुङ बडिगाड—५ का ७१ वर्षीय पुरुषको आईतबार साँझ निधन भएको बताईएको छ ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार उनी गत पुस १२ गते अस्पताल भर्ना भएका थिए ।
कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्ने क्रममा पुस १४ गते पोजेटिभ देखिएका उनको १९ गते साँझ मृत्यु भएको घिमिरेले जानकारी दिए ।
ती पुरुषमा निमोनिया र मधुमेहको समस्या रहेको बताईएको छ । उनको परिवारका सदस्यको स्वाव संकलन सुरु गरिएको छ ।
कोरोनाका कारण उनी सहित बागलुङका ९ जनाले अहिलेसम्म ज्यान गुमाईसकेका छन् । अहिलेसम्म ९१३ जना संक्रमित भएकोमा २१ जना सक्रिय संक्रमित छन् । अन्य उपचारपछि निको भएर घर फर्केका छन् ।
पछिल्लो समयमा कोरोनाको लक्षण सहितका विरामीहरुको संख्या बढ्दै गएकोले स्वास्थ्य मन्त्रालयले तोकेका
सचेतना मापदण्डहरु अनिवार्य अपनाउनु आग्रह गरे ।