काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७१०
जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४७८०
नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन्
भने १ हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८ हजार ८४० संक्रिय संक्रमित छन् ।