मन्दिप निउरे
बागलुङ : ताराखोला गाउँपालिकामा कोरोना भाइरस विरुद्धको दोस्रो डोज भेरोसेल खोप लगाइएको छ ।
ताराखोला गाउँपालिकामा ३ सय ५ जना पुरुष र २ सय ८५ जना महिला गरी ५ सय ९० जनाले कोरोना भाइरस विरुद्धको दोस्रो मात्राको भेरिसेल खोप लगाएका छन ।
गत साउन ३ र ४ गते पहिलो मात्राको भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो मात्रको खोप लगाउन सुरु गरिएको हो ।
अमरभुमी स्वास्थ्य चौकीमा ७० जना पुरुष र ७५ जना महिला गरी १ सय ४५ जना, अर्गल स्वास्थ्य चौकीमा ७१ जना पुरुष र ५७ जना महिला गरी १ सय २८ जना, हिल स्वास्थ्य चौकिमा ९९ जना पुरुष र ८८ जना महिला गरी १ सय ८७ जना र ताराखोला स्वास्थ्य
चौकीमा ६५ जना पुरुष र ६५ जना महिला गरि १ सय ३० जनाले दोस्रो मात्रको भेरोसेल खोप लगाएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।