ताराखोला गाउँपालिकामा व्याडमिन्टन प्रतियोगिता  

ताराखोला गाउँपालिकामा व्याडमिन्टन प्रतियोगिता  

  • फाल्गुण २, २०७७ आइतवार
  • १९:४७:२४ बजे
  • 5.7K
    SHARES
  • ताराखोला गाउँपालिकामा व्याडमिन्टन प्रतियोगिता  

    पूर्णभद्र निउरे, ताराखोला : ताराखोलामा गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । १४ समूहको सहभागीता रहेको डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी घुम्टे कन्स्ट्रक्सन कम्पनीका रमेश घर्ती र रमेश थापाले जितेका छन् । 

    त्यसै गरि गुफा युवा क्लवका राजेन्द्र थापा र दिलिप भण्डारीले द्वितीय र ताराखोला गाउँपालिकाका खिम बहादुर वलि र तुलसीराम घर्तीले तृतीय स्थान हासिल गरेका छन् । विजेताले क्रमश १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।             

    कार्यक्रममा रुपेश कार्की उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएका छन् । त्यस्तै महिला ब्याडमिन्टन तर्फ दिल कुमारी पुन र मिरा पुनको समूह प्रथम र सबिना राना र निता घर्तीको समूह द्वितीय बनेका छन् ।  

    ताराखोला गाउँपालिका खेलकुद शाखाको आयोजनामा ताराखोला गाउँपालिका वडा नम्बर २ अर्गलमा प्रतियोगिता सम्पन्न भएको थियो । विजयी खेलाडीहरुलाइ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, नरेश केसीले पुरस्कार वितरण गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # ताराखोला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार