ताराखोलाका टेकमान हराएको १ महिनासम्म पनि भेट्टिएनन्

ताराखोलाका टेकमान हराएको १ महिनासम्म पनि भेट्टिएनन्

  • फाल्गुण ६, २०७७ बिहिवार
  • १६:३६:३९ बजे
  • 6.2K
    SHARES
  • ताराखोलाका टेकमान हराएको १ महिनासम्म पनि भेट्टिएनन्

    पूर्णभद्र निउरे, ताराखोला : सम्पर्क बिहिन भएको १ महिना बित्दा पनि ताराखोलाका एक व्यक्ती अझै भेटिएका छैनन । ताराखोला गाउँपालिका वडा नम्बर ५ करिमेलाका ६८ वर्षीय टेकमान घर्ती निसीखोला गाउँपालिका वडा नम्बर ५ मधुबाङबाट सम्पर्क बिहीन भएका थिए ।

    गत माघ ४ गते बेलुकी खाना खाएर सुतेका टेकमान र राती १२ बजेपछि सुतेको ठाउँबाटै हराएका थिए । हराउनु भन्दा अघि ताराखोला कै अन्य १२ जना सहित उनी २ महिना अघिदेखि निसीखोलाको विभिन्न गाउँहरुमा घर बनाउने काम गर्दै आइरहेका थिए । 

    सम्भब्य ठाउँहरुमा सोधपुछ तथा खोजी गरे पनि घर्तीको बारेमा हालसम्म केही जानकारी नपाएको ताराखोला गाउँपालिका वडा नम्बर ५ का मन प्रसाद घर्तीले बताए ।

    प्रहरी, प्रशासन, जनप्रतिनिधि लगायत स्थानीय र आफन्तहरु मिलेर ताराखोलादेखि निसीका विभिन्न स्थानमा खोजी गरे पनि उनको बारेमा केही थाहा पाउन नसकेका

    सदस्य प्रेमप्रसाद  घर्तीले बताए । कहि कतै देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालयमा वा आफन्तहरुलाइ खबर गर्न समेत परिवारले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # ताराखोला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार