ताराखोलाकी मतिकला छन्त्याललाई ३ लाख बढी सहयोग 

ताराखोलाकी मतिकला छन्त्याललाई ३ लाख बढी सहयोग 

  • फाल्गुण १५, २०७७ शनिवार
  • २०:५२:२६ बजे
  • 6.8K
    SHARES
  • ताराखोलाकी मतिकला छन्त्याललाई ३ लाख बढी सहयोग 

    ताराखोला : मेरुदण्ड भाँचिएर अपाङ्गता भएकी मतिकला छन्त्यालको लागि एनवाइसीको समन्वयमा गुफा युवा क्लवद्वारा संकलित रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । 

    ताराखोला गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा आयोजित कार्यक्रममा आर्थिक संकलन अभियामा संकलित ३ लाख ११ हजार मतिकलाका श्रीमान लालबहादुर छन्त्याललाई हस्तान्तरण गरिएको हो । 

    ताराखोला गाउँपालिका वडा नम्बर ३ हिल बराहखोला स्थायी ठेगाना भएकी मतिकला २०७१ सालमा घाँस काट्ने क्रममा रुखबाट लडेर मेरुदण्ड भाँचिएको थियो ।

    मेरुदण्ड भाचिएर शल्यक्रिया गरेकी मतिकलाको फेरि घाउ बल्झिएपछि पुन अप्रेशन गर्नु पर्ने भएको र आर्थिक अभाव भएपछी अभियान संचालन गरिएको नवसृजन युवा क्लवका अध्यक्ष पूर्णभद्र निउरेले बताए  ।

    कार्यक्रममा बोल्दै वडा नम्बर ३ का वडा अध्यक्ष डिल बहादुर बस्नेतले मानवीय सेवाका कार्यमा क्लबले खेलेको भूमिका स्रहानिय भएको बताए ।

    कार्यक्रममा कार्यपालिका सदस्य तेजुमाया भण्डारी परियार, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण न्यौपाने, नेपाली काङ्ग्रेसका पुर्ण लाल ढकाल, राष्ट्रिय जनमोर्चाका डम्मर थापा लगायतले बोलेका थिए  । 

    कार्यक्रम गुफा युवा क्लवका अध्यक्ष दुर्गा बगालेको अध्यक्षता, सचिब मन बहादुर बगालेको स्वागत र नवसृजना युवा क्लवका अध्यक्ष पूर्णभद्र निउरेको संचालन मा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # ताराखोला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार