अर्गल बहुउदेश्यीय  सहकारी संस्था को १२ औं  वार्षिक साधारण सभा तथा पाँचौं आधिवेशन

अर्गल बहुउदेश्यीय  सहकारी संस्था को १२ औं  वार्षिक साधारण सभा तथा पाँचौं आधिवेशन

  • पौष २६, २०७७ आइतवार
  • ०९:११:५६ बजे
  • 6.8K
    SHARES
  • अर्गल बहुउदेश्यीय  सहकारी संस्था को १२ औं  वार्षिक साधारण सभा तथा पाँचौं आधिवेशन

    पूर्णभद्र निउरे, ताराखोला : अर्गल बहुउदेश्यीय  सहकारी संस्था को १२ औं  वार्षिक साधारण सभा तथा पाँचौं आधिवेशन सम्पन्न भएको छ।
             
    अधिवेशनले श्याम बहादुर घर्तीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्याक्षमा फुलमाया रोका, सचिबमा सन बहादुर विक , सहसचिव याम बहादुर घर्ती, कोषाध्यक्ष मा इन्द्र बहादुर रोका चयन भएका छन् ।

    सदस्यहरुमा दिल बहादुर रोका, वीर बहादुर रोका, चन्द्रा कँडेल, नरमाया घर्ती, दिलसरा रोका घर्ती र लिशा घर्ती रहेका छन् । लेखासमितिको संयोजकमा मोतिराम कँडेल, सदस्यमा लिलामती घर्ती र इन्द्र रोका चयन भएका छ्न्।
     
    कार्यक्रममा सचिव श्याम बहादुर घर्तीले पेश गरेको आर्थिक वर्ष २०७६र७७ को प्रगति प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गरेको २ करोड ६४ लाख बराबरको आयब्यय सहित लेखापरीक्षण प्रतिवेदन र अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनलाई सर्बसम्मत रुपमा पारित गरिएको थियो ।

    साधारणसभा को उद्घाटनपछि बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले सहकारीमा आबद्ध शेयर सदस्यहरुले आधिकतम बचत गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा जोड दिए।

    उनले ताराखोला गाउँपालिकाले निर्माण गर्न लागेको स्थानीय कृषी उपज सामग्रीको संकलनलाइ कोशेली घरको रुपमा  व्यवस्थित गर्न अर्गल बहुउद्देश्यीय सहकारीले भुमिका खेल्ने बताए । 

    कार्यक्रमको अवशरमा अधिक्तम बचत कर्ता  हर्क बहादुर रोका, भबी रोका, मतिराम कँडेल, सुनकली रोका घर्ती, असल ऋणिको रुपमा सन बहादुर घर्ती, फुलमाया रोका, श्याम बहादुर रोका र दिपा रोका, बाल बचत कर्ता बसन्त बिक र बन्दना घर्ती लाई सम्मान गरिएको थियो ।

    शेयर सदस्यका जेहन्दार बिद्यार्थि तथा बचत कर्ता योगेन्द्र घर्ती, तृप्ती घर्ति, इच्छा घर्ती, तुलसी रोका, निर्मल कँडेल र मनिश घर्तीलाइ शैक्षिक सामग्री प्रदान गरिएको थियो । 

    २०६५ सालमा कारोबार शुरु गरेको सहकारी मा हाल २७३ जना शेयर सदस्य रहेको र १३ लाख ९० हजार शेयर पुजी रहेको श्याम बहादुर घर्ती ले जानकारी दिए।   

    कार्यक्रम चित्र बहादुर घर्तीको अध्यक्षता, श्याम बहादुर घर्तीको संचालन र शान्ती कडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको  थियो।

    सम्बन्धित समाचार