पुर्णभद्र निउरे, ताराखोला : ताराखोला गाउँपालिकामा ११० औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा २ दिने स्वास्थ्य शिविर हुने भएको छ ।
वेलनेश टिम, रोट्र्याक्ट क्लव बागलुङ र ताराखोला गाउँपालिकाको आयोजनामा शिविर हुन लागेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापाले जानकारी दिए ।
महिलाहरुको स्वास्थ्य समस्यालाई लक्षित गरि शिविर आयोजना गरिएका थापाले बताए । शिविरमा विशेष गरि महिलाहरुमा हने पानी बग्ने, आङ खस्ने समस्या लगाएको उपचार हुने बताइएको छ ।
त्यस्तै पाठेघरको क्यान्सर जाँच, परिवार नियोजन सेवा आइयूसीडी इमप्लान्ट, मुख तथा दाँतको उपचार र अन्य सामान्य स्वास्थ्य समस्या भएका बिरामीहरु ले पनि लाभ लिन सक्ने स्वास्थ शाखाले जनाएको छ ।
शसस्त्र प्रहरीका विशेषज्ञ डाक्टरहरु ले सेवा प्रदान गरिने भएकाले स्वास्थ्य समस्या भएका महिलाहरुले यो अवसरबाट वञ्चित नहुन ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारी पुनले आग्रह गरिन् ।
शिविर फागुन २३ गते ताराखोला गाउँपालिका को वडा नम्बर २ को बहुउद्देश्यीय सभा हलमा रहेको ताराखोला अस्पताल र २३ गते वडा नम्बर ५ को धस्मरमा रहेको ताराखोला स्वास्थ्य चौकिमा संचालन हुने बताइएको छ ।