मुस्ताङमा पुल भाँचिदा दुई जनाको मृत्यु 

मुस्ताङमा पुल भाँचिदा दुई जनाको मृत्यु 

  • श्रावण ३, २०७८ आइतवार
  • १७:४३:२३ बजे
  • 3.0K
    SHARES
  • मुस्ताङमा पुल भाँचिदा दुई जनाको मृत्यु 

    मुस्ताङ : मुस्ताङमा पुल भाँचिएर ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    आईतबार बिहान जिल्लाको घरपझोङ—५ ठिनीमा काठेपुल तर्ने क्रममा ट्रकको वजन थाम्न नसकेपछि पुल भाँचिएको थियो । पुल भाँचिएर भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु हुनका साथै तीन जना घाईते भएका छन् ।

    घरपझोङमा गुम्बा निर्माणका लागि निर्माण सामग्री लिएर म्याग्दीबाट गएको ग १ ख ६८५२ नम्बरको मालबाहक ट्रक पुल भाँचिएपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    मुस्ताङको जोमसोमदेखि तीन किलोमिटर टाढाको दुरीमा पर्ने जोमसोम–ठिनी–धुम्बा भित्रि कच्ची सडकमा ट्रक दुर्घटना हुँदा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका–१ बस्ने वर्ष ३८ का चित्रबहादुर श्रेष्ठ र वर्ष २६ की मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

    पुल भाँचिएर भएको दुर्घटामा बागलुङ ढोरपाटन नगरपालिका—५ अधिकारीचौरका सुनिल घर्ती मगर, सोही ठाउँका लुद्रबहादुर कामी, पर्वत जलजला गाउँपालिका—४ सहचालक दिनेश दर्जी र जिल्ला ओखलढुङ्गा खिन्दीदेम्बा—७ बस्ने वर्ष २९ का दावा शेर्पा घाइते भएका छन् । घाईतेहरुको अवस्था सामान्य रहेको बताईएको छ । ट्रकमा ७ जना व्यक्ति सवार रहेको बताईएको छ ।

    ट्रकका चालक शिवराम ठाडालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । 

  • सम्बन्धित विषय:

  • # मुस्ताङ
  • # पुल भाँचिदा
  • # मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार