जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

  • आषाढ २०, २०७८ आइतवार
  • १२:१७:१२ बजे
  • 5.9K
    SHARES
  • जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

    धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह धामीको मृत्यु भएको जानकारी दिए ।

    दुर्घटनामा घाइते भएकाहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ । सिगास गाउँपालिका ३ कै १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४५ वर्षीय जयसिह धामी र ४० वर्षीय गौमती साउदको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने काम भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।

    जीप सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • # मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार