सिन्धुली जीप दुर्घटनामा चारको मृत्यु ७ घाईते

सिन्धुली जीप दुर्घटनामा चारको मृत्यु ७ घाईते

  • चैत्र ३, २०७७ मंगलवार
  • १९:२०:४१ बजे
  • 3.8K
    SHARES
  • सिन्धुली जीप दुर्घटनामा चारको मृत्यु ७ घाईते

    काठमाडौं : सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् ।

    कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।

    मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

    चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको डीएसपी लामाले जानकारी दिए ।

    सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जिप आफैं अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको लामाको भनाइ छ ।

    जिपमा ११ जना सवार थिए ।

    सम्बन्धित समाचार