निसीखोलामा पिकअप जीप दुर्घटना हुँदा १ को मृत्यु, ७ जना घाइते

निसीखोलामा पिकअप जीप दुर्घटना हुँदा १ को मृत्यु, ७ जना घाइते

  • पौष २२, २०७७ बुधवार
  • २०:४५:१७ बजे
  • 15.5K
    SHARES
  • निसीखोलामा पिकअप जीप दुर्घटना हुँदा १ को मृत्यु, ७ जना घाइते

    बागलुङ : निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका

    वडा नम्बर २ बाहुनगाउँ काँडादेखि जुग्गा खोला तर्फ जान थालेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा  वडा नम्बर ३ का

    अन्दाजी २६ वर्षीय कमरा रोका मगरको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्माले बागलुङ पोस्टलाई जानकारी दिए ।

    अन्य ७ जना घाइते भएका छन् । घाइते हुने मा वडा नम्बर ३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, १ वर्षीय सुवास विक, २४ वर्षीया मनि विक,

    २१ वर्षीया रतना सुनार, ६ वर्षीय योजन विक र रुपन्देही जिल्ला देवी नगरका ५ वर्षीय सत्य लोहार, रहेको अध्यक्ष विश्वकर्माले बागलुङ पोस्टलाई बताए ।  घाइते सातै जनालाई बुर्तिबाङ 

    प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको बताइएको छ । कुल पुजाका लागि बाहुन गाउँआएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

     

     

     

    सम्बन्धित समाचार