बागलुङ– पोखरा राजमार्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

बागलुङ– पोखरा राजमार्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

  • माघ ४, २०७७ आइतवार
  • १०:५७:२१ बजे
  • 5.0K
    SHARES
  • बागलुङ– पोखरा राजमार्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

    पोखरा : पोखरा– बागलुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

    दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

    प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा

    घाइते ७ जनाको  सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । पोखरा–२५ हेमजाबाट पोखरा बजारतर्फ आउँदै गरेको बा२च ७४१० नं को

    जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • # २ जनाको मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार