दुखद खबर ! दोर्दीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ३ घाइते

दुखद खबर ! दोर्दीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ३ घाइते

  • माघ २९, २०७७ बिहिवार
  • २१:२३:०३ बजे
  • 3.6K
    SHARES
  • दुखद खबर !  दोर्दीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ३ घाइते
    फाइल तस्बिर

    लमजुङ : विहिबार साँझ लमजुङको दोर्दी गाउँपालिकाको चौताराडाँडामा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । 

    दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर प्रदेश ३–०१–०२२ च १३८३ नम्बरको जिप बिहीबार साँझ सवा ५ बजेतिर ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा आयोजनामा कार्यरत २ जना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् । 

    धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका छन् ।

    विद्यार्थीहरु स्कुल बिदा भएपछि गाउँ जान जिप चढेका थिए । घाइतेहरुको सदरमुकाम बेंसीसहरस्थित लमजुङ जिल्ला अस्पतालमा उपचार भैरहको छ ।

    घटनास्थलमा नौथर प्रहरी चौकी श्रीमञ्ज्याङका असई अजय गुप्तासहितको प्रहरी टोली र स्थानीयले मृतक र घाइतेको उद्धार गरेका थिए ।

    घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी नेतृत्वको टोली घटनास्थल खटाइएको छ ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार